kumari
stcnepal

प्रधानमन्त्री सहित मन्त्रीहरुले लुकाए सम्पति विवरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

गत असार २९मा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् ।प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ ।

तर, सार्वजनिक किन भएन ? म बुझ्छु’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले भनेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट मार्फत सार्वजनिक हुँदै आएको सम्पत्ति विवरणमा प्रधानमन्त्री देउवाको विवरण प्राप्त भएको उल्लेख छ, तर सार्वजनिक भने गरिएको छैन ।
प्रधानमन्त्री देउवासहित २५ मध्ये आठ जनाले सम्पत्ति विवरण बुझाएको देखिए पनि अन्य १७ जनाले भने अझै विवरण बुझाएका छैनन् ।

 

 

 

footer