kumari
stcnepal

नक्कली मदिरा उत्पादन गरी बिक्री बितरण गर्ने गिरोह पक्राउ

काठमाडौं । स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नक्कली उत्पादन गर्दै बजारमा पु¥याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले गिरोहलाई पक्राउ गरेको हो ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखाना सहित ९ जनालाई आज नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको काठमाडौं प्रहरी पपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत गिरोहलाई सार्वजनिक गर्दै उनीहरूबाट नक्कली मदिरा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

footer