kumari
stcnepal

भारतका प्रधानमन्त्री मोदी को दोस्रो कार्यकालको अन्तिम बजेट आज आउदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदैछ । केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केही लोकप्रिय कार्यक्रमसहित आर्थिक वर्ष २०२४–२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट सार्वजनिक गर्दैछिन्। पूर्ण बजेट भने लोकसभाको निर्वाचनपछि आउने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार अन्तरिम बजेटबाट महंगी नियन्त्रण गर्दै ग्रामीण अर्थव्यवस्थालाई बढावा दिने सरकारको दाबी छ । साथै आयकरमा छुट दिने सरकारी योजना छ । बजेटमा कृषकलाई दिने अनुदान बढाउने तथा भाजपा सरकारको प्रभाव देखाउने केही कार्यक्रमसमेत समेट्न सक्ने आँकलन गरिएको छ ।बाँकी ८ महिनाको बजेट जुलाईपछि बन्ने नयाँ सरकारले ल्याउने समाचारमा उल्लेख छ ।

footer