kumari
stcnepal

आज एमालेको स्थायी कमिटीको बैठक बस्दै

 

काठमाडौं । महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज (मंगलबार )बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ ।

सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै मंगलबारका लागि सारिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।

निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले १९०० बढी महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ ।

footer