linktrix Long Ad
Salt Trading Long Ad

नीति र सिद्धान्तविहिन राजनीतिक कहिलेसम्म ?

858
shares

 

पछिल्लो समयमा नेपालमा भईरहेको राजनीति राजनीति नभएर सत्ता हत्याउने नीतिमा परिणात हुँदै गएको छ । राजनीतिक दलहरु आफ्नो नीति आफ्नो नीति र सिद्धान्तबाट विमुख हुँदै गएका छन् । आफ्नो नीति र सिद्धानतलाई च्याखेमा राखेर सत्तामा पुग्ने प्रयास गरेका र सत्तामा समेत पुगेका हुनाले उनीहरुले आ आफ्ना पार्टीका नेता र कार्यकर्ताहरुमाथि नै अन्याय गरिरहेका छन् । राजनीतिक दलका नेता र कार्यकर्ताहरुले स्वाभिमान गुमाउँदै गएका कारण राजनीति नीति विहिन भएको छ । यसैलाई भनिन्छ नैतिकता विनाको राजनीति आत्महत्या हो । वास्तविक राजनीति दल नीति र सिद्धान्तको आधारमा गठन भएको समुदाय हो । जति ठुलो संख्यामा जमात निर्माण गर्न सक्यो त्यति ठुलो त्यो दलको जग बसेको हुन्छ त्यसैले गर्दा दलहरुले आफ्नो संगठन बलियो बनाउन अनेक दाउपेज, जालझेल र षड्यन्त्र गरी जनतालाई प्रभावमा पार्न खोजिरहेका छन् । जुन उदेश्य मतदानद्वारा चुनिएका शक्तिका आधारमा नीतिको सञ्चालन गर्नु हो । तर नेपालमा भने मतदानद्वारा चुनिएका तर तेस्रो, चौथो र राष्ट्रिय मान्यता प्राप्त दल सम्म बन्न नसकेको दलका नेतालाई प्रधानमन्त्री बनाउने निर्णय गरिनु मतदान र जनताको ठाडो अपमान हो ।
राजनीतिक दलको नीति र सिद्धान्तका आधारमा गठन भएको दलद्वारा आफ्नो नीति र सिद्धान्त अनुसार सरकार निर्माण गर्नुपर्नेमा आठ, दश दल मिलेर सरकार बनाउनुपर्ने अवस्थाले गर्दा त्यसबेला कुनैपनि दलको नीति र सिद्धान्तले काम गर्न सक्दैन अनि सुरु हुन्छ खिचडी सरकारको काम । अहिलेको सत्ता गठबन्धनको सरकारको कुनै नीति र सिद्धान्त नै छैन । खेल सत्तामा बसिरहने, सत्ता गठबन्धनमा रहेका मुख्य दलका नेताहरुलाई प्रधानमन्त्री बनाउने र आफ्ना विपक्षीहरुलाइ तह लगाउँदै अयोग्य र असक्षम व्यक्तिलाई विभिन्न पदमा नियुक्त गरेर ब्रह्मलुट मच्चाइरहने सत्ता गठबन्धनको एकमात्र काम हो । सत्ता गठबन्धनको नेतृत्वकर्ता दल माओवादी केन्द्रका संघीय संसदमा जम्मा ३२ सांसद रहेका छन् भने सत्ताको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा ८९ सांसद रहेका छन् । यस अर्थमा बुझ्दा ३२ सांसद भएको दलको आदेशपालक मात्र कांग्रेस भएको छ । आलोपालो प्रधानमन्त्री बने सहमति गरेर कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले आलोपालो ब्रह्मलुट मच्चाइरहने प्रपञ्च गरिरहेका छन् । राजनीतिको हतियार विचार हो । यसलाई सक्रिय बनाउन एउटा हातको आवश्यकता पर्दछ त्यो हात भनेकै राजनीति हो । विचारले मानिसको मनमा गहिरो प्रभाव पर्दछ र त्यही विचार बोकेर जनताले आफ्नो इच्छानुसार राजनीति दलका उम्मेदवारहरुलाई मतदातद्वारा चुन्ने गरेका छन् । समय र परिस्थिति अनुसार मानिसको स्वभाव परिवर्तन हुन सक्छ त्यो परिवर्तनलाई राजनीतिक दलका नेता र कार्यकर्ताहरुले सहज रुपमा ग्रहण गर्नुको बदला अनेक आरोप प्रत्यारोप लगाउने गरेका हुनाले नै राजनीतिक सही बाटोमा हिडेको छैन भन्ने प्रष्ट हुन्छ ।
मानिसको बृद्धिबाट शक्ति क्रियाशिल हुन्छ त्यो सबै शक्तिका लागि शक्ति नै लगानी गरिएको हुन्छ । व्यवस्थामा शक्तिको अस्तित्व हुन्छ । व्यक्तिले व्यक्तिमाथि नियन्त्रण गर्न खोजिएकै कारण माओवादी केन्द्र र नेकपा एमालेको मेल बेमेल भएको हो । माओवादी केन्द्र र नेकपा एमाले भनेका मह र घिऊ हुन् मह र घिउ मिसायो भने विषय हुन्छ खायो भने मानिसको निधन हुन सक्छ, जसरी एमाले र माओवादी अहिले एक अर्काप्रति विष वमन गरिरहेका छन् । व्यक्तिको व्यवहारले गर्दा माओवादी र नेकपा एमालेबीचको सम्बन्ध पनि असफल र पुष्पकमल दाहालको सत्ता बाहिर रहन नसक्ने व्यवहारकै कारण एमाले माओवादीबीचको मेल विष सावित भयो । व्यत्तिको मेलमिलापबाट संगठन बन्दछ संगठमा शक्ति हुन्छ संगठनको शक्तिले व्यवस्था चलाएको हुन्छ तर एउटै व्यक्तिले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर संगठन चलाउनु भनेको अर्को तानाशाह जन्मिनु नै हो । अहिले माओवादी केन्द्रमा त्यस्तै अवस्था देखिएको छ । माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल विगत ३५ वर्षदेखि पार्टी अध्यक्ष भएर एकछत्र पार्टी सञ्चालन गरिरहेका छन् त्यही पार्टीका आडामा उनी ३ पटक प्रधानमन्त्री समेत बनेका छन् ।
उद्योगीले समय शक्ति र साधनको लगानी गर्ने भएकाले उसले लगानीबाट लाभ लिन खोज्नु स्वाभाविक नै मानिनुपर्दछ । अहिलेको राजनीतिक शक्ति, व्यापारिक व्यवस्था र व्यावसायिक रुपमा परिणत भएको छ । यही कारणले गर्दा भू माफियाहरुको चलखेल बढ्दै गएको छ भूमाफिया मौलाउँदै आएका छन् । पैसा र शत्तिको बलमा उनीहरु माथि कानुनी कारबाही हुँदैन । भूमाफियाहरुलाई कानूनी कारबाही गर्दा सत्ता गुम्छ भन्ने डर सत्ता गठबन्धनलाई परेको हुनाले सानातिना व्यक्तिलाई कारबाही गरेपनि राजनीतिक दलको आडमा ठुला व्यक्तिहरुलाई कानूनी कारबाही हुँदैन भन्ने प्रमाणित नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव नेपाल, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मुख्यसचिव लीलामणि पौडेललाई ललिता निवास जग्गा काण्डमा उन्मुक्ति दिएकोले प्रमाणित हुन्छ ।
राजनीतिक सच्चा खेलाडीले पाँच औला बराबरी नभएपनि मुठी कसेर काम लिन्छन् । मौका नआन्जेल कोडीको पनि पाउँ मोल्नुपर्दछ भन्ने नेपाली उखानलाई प्रधानमन्त्री पुष्पकमल दाहालले चरितार्थ गरेका छन् । कुनै बेला भारतका विरुद्धमा सुरुङ युद्ध गर्ने उद्घोष गर्ने दाहाल अहिले भारतको प्यारा भएका छन् । कांग्रेसकै कारण जनयुद्धमा जानु परेको भन्दै कांग्रेसजनको हत्या गर्ने दाहालका लागि कांग्रेस अहिले भरिया हुन तयार रहेको छ भने सबै शक्तिको लागि र शक्तिमा पुगेपछि मुलुकमा ब्रह्मलुट मच्चाउन पाइन्छ भन्ने मनस्थितिकै उपज हो भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports