kumari
stcnepal

राणाको राजीनामा माग गर्दै विराटनगरमा प्रदर्शन

 

मोरङ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विराटनगर उच्च अदालमा कानुन व्वसायिहरुले प्रदर्शन गरेका छन् । उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन् ।
न्यायपालिकाको विकृति, विसंगती, भ्रष्टाचार विरुद्ध बारले आन्दोलन सुरु गरेको विराटनगर बारले मंसिर ५ गतेदेखि १० गतेसम्म बेन्च बहिस्कार गरेको छ ।
न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने विराटनगर बारले जनाएको छ । बारको विरोध कार्यक्रमले अदालतमा आउने सेवाग्राही प्रभावित भएका छन् ।

footer