kumari
stcnepal

वरिष्ठ पत्रकार गौतमको निधन

वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ६९ वर्षीय गौतमको शनिबार बेलुकी निधन भएको हो ।

शनिबार दिउँसो मुटुमा समस्या आएपछि गौतमलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक गौतम लामोसमयदेखि मुटुरोगबाट पीडित थियो ।

गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गौतमको एक छोरा र श्रीमती छन् । लामो समयदेखि पत्रकारितामा संलग्न गौतम यसैवर्ष प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।

वरिष्ट पत्रकार गौतमको निधनप्रति नेपाल पत्रकार महासंघ, पत्रकार महासंघ काठमाडौं शाखा विज्ञप्ति निकाल्दै दुःख व्यक्त गरेका छन् ।

महासंघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघले एक शोक विज्ञप्तिमार्फत स्व. पत्रकार गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको शोक विज्ञप्तिमार्फत गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकारलाई गुमाएको उल्लेख छ ।

यसैबीच यस अभियान अनलाइन, अभियान साप्ताहिकले पनि वरिष्ठ पत्रकार गौतमको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ । यस्तै, पत्रपत्रिका अधिकार अधिकार मञ्चले पनि गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।

footer