सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वरिष्ठ पत्रकार गौतमको निधन

468
shares

वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ६९ वर्षीय गौतमको शनिबार बेलुकी निधन भएको हो ।

शनिबार दिउँसो मुटुमा समस्या आएपछि गौतमलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक गौतम लामोसमयदेखि मुटुरोगबाट पीडित थियो ।

गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गौतमको एक छोरा र श्रीमती छन् । लामो समयदेखि पत्रकारितामा संलग्न गौतम यसैवर्ष प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।

वरिष्ट पत्रकार गौतमको निधनप्रति नेपाल पत्रकार महासंघ, पत्रकार महासंघ काठमाडौं शाखा विज्ञप्ति निकाल्दै दुःख व्यक्त गरेका छन् ।

महासंघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघले एक शोक विज्ञप्तिमार्फत स्व. पत्रकार गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको शोक विज्ञप्तिमार्फत गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकारलाई गुमाएको उल्लेख छ ।

यसैबीच यस अभियान अनलाइन, अभियान साप्ताहिकले पनि वरिष्ठ पत्रकार गौतमको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ । यस्तै, पत्रपत्रिका अधिकार अधिकार मञ्चले पनि गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports