kumari
stcnepal

कायम रहलान् त अध्यक्ष पदमै रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको १० औँ महाधिवेशनमा आफूले पार्टीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रावलले केही दिन पहिला आफ्नो गृहजिल्ला अछामबाटै अध्यक्ष पदमा उम्मेरदवारी दिने घोषणा गरेका थिए भने, गत आइतवार काठमाडौँमा नै पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेरदवारी दिने घोषणा सार्वजनिक गरेका हुन् । रावलले व्यक्तिगत रुपमा अध्यक्ष पदमा लड्ने घोषणा गरेपछि नेकपाभीत्र एकखाले तरङ उत्पन्न भएको छ ।

अध्यक्ष पदमा उम्मेरदवारी घोषणा गरेका रावलले पार्टी अध्यक्ष केपी ओलीले यस अघि नै पार्टी अध्यक्ष पदमा नदोहोरीने बताएकोले आफुलाई अध्यक्ष पदको योग्य ठानेर अघि बढ्ने वताएका छन् । रावलका अनुसार पार्टी अध्यक्ष ओलीले केही समय पहिला पार्टी नेतृत्वको हस्तान्तरण गर्ने र पुन आफु अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको थियो ।

रावलका अनुसार पार्टी अध्यक्ष केपी ओलीले केही समय पहिला पार्टी नेतृत्व हस्तान्तरण गर्ने र पुन आफु अध्यक्ष पदमा उम्मेरदवारी नदिने घोषणा गर्नु भएको हो वहाको यस्तो घोषणाको सम्मानका लागि पनि र उमेर अनुभव लगायत सबै दृष्टिबाट म परिपक्क भई सकेकोले केन्द्रीय अध्यक्ष पदका लागि उम्मेरदवारी दिने निर्णयमा पुगेको बताएका छन् ।

जतिवेला नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर नेपाल कम्युनिष्ठ पार्टी निर्माण भएको थियो त्यसबेला ओलीले आफूले पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए फेरी अध्यक्ष पदमा नउठ्ने बताएका थिए । तर नेकपा एमाले र माओवादी अलग अलग भएको र नेकपा एमाले समेत विभाजित भईसकेका अवस्थामा नेकपा एमालेको नेतृत्व ओलीले नै गर्ने आवश्यकता परेको एमाले जनले वताएका छन् । अहिले नेकपा एमालेका विरुद्ध नेपाली काग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठवन्धन बनेको र सरकार पनि त्यही गठवन्धनको भएकोले गर्दा फेरी नेकपा एमालेलाई ओली कै आवश्यकता परेको हुनाले ओली नै अध्यक्ष हुने प्राय निश्चित रहेको नेकपा एमालेका नेताहरुले वताएका छन् ।

नेकपा एमाले विभाजन हुनु भन्दा आगाडी रावल माधव नेपाल समूहका थिए । एकपटक त उनले संसद पदवाट राजीनामा संमेत दिए र पछि फिर्ता लिएका थिए । माधव समूहमा लागेका १० भाईमध्येका ९ भाई अहिले नेकपा एमाले मै रहेका र रावल समेत एमाले मै रहेका भएपनि उनले पार्टी अध्यक्षका विरुद्ध अध्यक्ष पदको उम्मेरदवारी घोषणा गरेपछि घनश्याम भुसाल लगायतका अन्य नेताहरु भने रणभुलमा परेका छन् । एक थरिका अनुसार रावलले अध्यक्ष पदमा उम्मेरदवारी दिने घोषणा बार्गिनीङका लागि भएको र उनी वरीष्ठ उपाध्यक्ष पदमा बस्न चहेको बताएका छन् । हेर्न बाँकी छ रावलले के गर्दछन् भनेर ।

 

footer