kumari
stcnepal

एन्फाका उपाध्यक्ष दावा लामा जेल जाने निश्चित, सर्वोच्चले पुनरावेदन नभएको पत्र दियो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा जेल जाने निश्चित भएको छ । सर्वोच्च अदालतले दावा लामाको पुनरावेदन नभएको पत्र दिएसँगै लामा जेल जाने निश्चित भएका हुन् ।

सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौं जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको हो । काठमाडौँ जिल्ला अदालतको पत्रको जवाफ दिँदै सर्वोच्चले अभिलेखमा पुनरावेदनको निवेदन नपाइएको उल्लेख गरेको हो । यससँगै लामा उच्च अदालतको फैसला कार्यान्वयनका लागि जेल जानैपर्ने निश्चित भएको छ ।

लागूऔषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागूऔषधको कारोबार गरेको ठहर गर्दै उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसला कार्यन्वयन नभई लगतमा रहेको पाइएको छ ।

 

footer