kumari
stcnepal

थापाथली स्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरी कहाँ उजुरी

काठमाडौं । थापाथली स्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरी कहाँ उजुरी परेको छ ।

काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा एक जना महिलाले केहिवेर खेलाउने भनेर बोकेर शिशुलाई लिएर गायब भएको पाइएको छ ।

प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ । ‘फुटेजमा एक जना महिला बच्चालाई बोकेर हिँडिरहेको देखिएको छ’, एक अधिकृतले भने । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले पनि शिशुको खोजी भइरहेको  बताए ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार, पीडित महिला ओपीडी जाँचको लागि अस्पताल पुगेकी थिइन् । ‘पार्किङ क्षेत्रमा चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिन भन्दै रिपोर्ट लिन जानु भएको रहेछ,’ डा. अधिकारीले ग भने, ‘ तर आउँदा महिला हिँडिसक्नुभएको रहेछ ।’

footer