kumari
stcnepal

बहुसंख्यक जनताको मागअनुसार नेपाललाई हिन्दुराष्ट्र कायम गर

 

काठमाडौ । नेपाली कांग्रेसको महासमितिको बैठकमा सहभागि भएका १ हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरुले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरेर नेतृत्वलाई बुझाएका छन् । अर्कोतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था र व्यवस्था बदल्न भन्दै राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दै फागुन ९ गते प्रधानमन्त्रीसहित ७४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले केही समय पहिला संविधान संशोधन गर्न र हिन्दुराष्ट्रका पक्षमा सबै दलहरुसँग छलफल र बहस गर्न सकिने अभिव्यक्ति दिएका थिए । कांग्रेसका सभापति देउवाको सो अभिव्यक्तिप्रति कांग्रेसका नेता तथा कार्यकर्ताहरुले समर्थन जनाउँदै ठुलो संख्यामा हस्ताक्षर गरेर सभापति देउवालाई बुझाएका हुनाले कांग्रेस भित्र हिन्दुराष्ट्रका लागि ठुलो जमान लागि परेको छ ।
अहिलेको सत्ता गठबन्धनको प्रमुख घटक र संघीय संसदको हुँदै सातै प्रदेशमा ठुलो पार्टी भएको कांग्रेसले हिन्दुुराष्ट्रको पक्षमा कस्तो निर्णय गर्दछ भन्ने प्रश्न समेत खडा भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पमल दाहाल हिन्दुराष्ट्रका पक्षमा नभएकाले गर्दा र कांग्रेसले हिन्दुराष्ट्रका पक्षमा अभिव्यक्ति दिएर आफ्नो पार्टी हिन्दुराष्ट्रका पक्षमा रहेको बताएको अवस्थामा अहिलेको सत्ता गठबन्धन टुट्न सक्ने प्रबल सम्भावना रहेको छ ।
सविधानले नै सनातन धर्मको संरक्षण गर्ने दायित्व सरकारको हुने व्यवस्था गरेको भएपनि पछिल्लो समयमा हिन्दुधर्म माथि अनेक प्रकारले प्रहार हुँदै आएको छ । राष्ट्रिय जनगणनानुसार नेपालमा बसोबास गर्ने नेपालीहरु मध्यको ८२ प्रतिशत भन्दा बढी जनताले हिन्दुधर्म मान्ने गरेको देखाएको छ भने हिन्दुधर्मावलम्बली बौद्ध, जैन र किराँत गरेर ९४ प्रतिशत भन्दा बढी जनताको भावना विपरित मुलुकलाई जबरजस्त धर्म निरपेक्ष राष्ट्र घोषण गरिनु गम्भीर अपराधमात्र नभएर जनताको भावना र आस्थामाथिको प्रहार थियो ।
विश्वका धेरै देशहरुले ५१ प्रतिशत जनताको भावना अनुसार राष्ट्रको धर्म स्वीकार गरेका छन् । इसाई राट्र हुने, मुस्लिम राष्ट्र हुने तर विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल किन नहुने ? संविधान सभाबाट संविधान निर्माण गर्दा केही दलाल र डलरवादीहरुले जबरजस्ती हिन्दुराष्ट्र हटाएका हुनाले अब त्यसलाई सच्चायर नेपाललाई पुन विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल हो भनेर विश्व जगत्लाई चिनाउनु पर्दछ । बहुसंख्यक जनताको भावना विपरित सरकार जान सक्दैन नत राजनीतिक दलहरु नै जान सक्छन् त्यसैले अब ढिलो नगरि नेपाललाई पुन हिन्दुराष्ट्र कामय गर्न सरकार अग्रसर होस्, राजनीतिक दलहरु अग्रसर हुन् ।

footer