kumari
stcnepal

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ

काठमाडौं । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिएका छन् । पाकिस्तान मुस्लिम लिग नवाजबाट उनी प्रधानमन्त्री बनेका हुन् । उनलाई बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टीले समर्थन गरेको छ ।

पाकस्तानीको नेशनल एसेम्ब्लीमा आइतबार भएको प्रधानमन्त्रीको मतदानमा उनले २०१ मत प्राप्त गरे । तेहरिक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबले ९२ मत मात्र पाए । पाकिस्तान मुस्लिम लिग–नवाज हालै सम्पन्न निर्वाचनमा ७५ सिट जितेर दोस्रो भएको थियो । तहरीक-ए-इन्साफका अध्यक्ष इमरान खान भ्रष्टाचार आरोपमा जेलमा परेका र उनको पार्टीलाई चुनाव लड्नै प्रतिबन्ध लगाइएको थियो । पार्टीले चुनाव लड्न नपाए पनि तहरीक-ए-इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू ९० भन्दा बढी सिट जितेर सबैभन्दा ठूलो समूहको रूपमा उभिएका छन् ।

पाकिस्तान पिपुल्स पार्टी ५४ सिटका साथ तेस्रो स्थानमा रह्यो भने एमक्यूएम पाकिस्तानले १७ सिट ल्याएको थियो । शेहराज सरिफ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । यसअघि अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्रीबाट हटाएर उनी १६ महिना प्रधानमन्त्री बनेका थिए । उनी पहिलो पटक प्रधानमन्त्री बन्दा उनका दाजु तथा पूर्व प्रधानमन्त्री नवाज सरिफ देशमा उपस्थित थिएनन् ।  तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफ लण्डनमा थिए र त्यतिबेला उनको हैसियत चुनाव लड्न वा कुनै सरकारी पदमा बस्न योग्य नभएको सजाय पाएको अपराधीको जस्तो थियो ।

तर यसपटक नेशनल एसेम्ब्लीमा प्रधानमन्त्रीका लागि भएको मतदानका क्रममा शाहबाज सरिफ प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा बसिरहेका बेला नवाज सरिफ उनको नजिकै सदनमा उपस्थित थिए । नेशनल एसेम्ब्लीको सदस्यका रूपमा नवाज शरिफले आफ्ना भाइ शहबाज सरिफलाई दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बनेको हेरिरहेका थिए । सन् १९९७ पछि नवाज सत्तामा थिए । नवाज सरिफ चुनाव जितेर पनि प्रधानमन्त्री बन्न सकेनन् भन्ने कहिल्यै भएन । उनी हरेक पटक प्रधानमन्त्री बने र शाहबाज सरिफ पञ्जाब प्रान्तको मुख्यमन्त्री भए । शाहबाजले करिब तेह्र वर्ष पञ्जाबमा मुख्यमन्त्रीको रूपमा शासन गरेका थिए ।

footer