kumari
stcnepal

असफल प्रधानमन्त्रीबाट सफल कार्य खोज्नु नै बेकार

 

पछिल्लो समयमा मुलुक निकै संकटपूर्ण अवस्थामा पुगेको छ । खासगरी पुरानो सत्ता गठबन्धनको सत्ता स्वार्थले गर्दा सत्ता गठबन्धन र पुष्पकमल दाहाल नेतृत्वको सरकारकै कारण मुलुक संकटपूर्ण अवस्थामा पुगेको थियो । सत्ता स्वार्थलाई ध्यानमा राखेर दाहाल सरकार अघि बढेको र जनताका समस्याहरु समाधान गर्नेतर्फ सरकाले ध्यान नदिएको हुनाले दिनप्रतिदिन समस्याका चाङ लागेका छन् । मिटर व्याज पिडित, लघुवित्त पिडितहरुले लामो समयदेखि आफ्ना माग पूरा गराउन सरकारको ध्यानकार्षण गराउँदै आएका थिए भने सरकारले मिटरव्याज पिडितहरुको आँखामा छारो हाल्न छानविन समिति बनाएको भएको भएपनि सो समितिले दिएको प्रतिवेदन नत सार्वजनिक भयो नत सरकारले नै कार्यान्वयन ग¥यो । लघुवित्त पिडितहरुले करिब २५ दिनको संघर्षपूर्ण पैदल यात्रा गरेर काठमाडौमा आई आफ्ना समस्या राख्दै आएका छन् तर दाहाल सरकारले समस्या समाधान गर्नुको बदला उनीहरुलाई पक्राउ गर प्रहरी हिरासत सम्म पु¥यायो ।
दाहाल सरकार कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उखानजस्तै गरी सत्ता स्वार्थका लागि मात्र अघि बढेको छ जसको ज्वलन्त प्रमाण हो हालै कांग्रेसको महासमितिले जनयुद्धको विषयमा बेमौसमी बाजा बजाएको भन्दै माओवादीले असन्तुष्टि जाहेर गरेको छ । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसको पार्टीको महासमितिको बैठकमा के के प्रस्ताव आए र के के विषयमा छलफल भयो भनेर टाउको दुखाउनुको कुनै अर्थ छैन । उनले शान्ति प्रक्रियामा हस्ताक्षर गरेको पार्टीले जनयुद्धको विषयमा कमेन्ट गर्नु आवश्यक नभएको बताएर कांग्रेसलाई समेत चिढ्याउने कार्य गरेका छन् । जनयुद्धको विषयमा अहिले बोल्नै नपर्ने विषयमा कांग्रेसले किन बोलेको भन्दै कांग्रेससँग प्रश्न समेत गरेका छन् । एकतिर सरकार सञ्चालनमा पूर्ण रुपमा असफल भएपछि कांग्रेसले आफूलाई सत्ताबाट निकाल्छ कि भन्ने डरले गर्दा कांग्रेसलाई तर्साउने रणनीति लिएको हुन सक्ने अनुमान गरिएको थियो । तर यसैबीचमा कांग्रेस–माओवादीसहितको गठबन्धन टुटेर एमाले–माओवादीसहितको गठबन्धन बनेको छ ।
शान्ति सम्झौतामा दुई पार्टीको हस्ताक्षर भएको र त्यो हस्ताक्षरकर्ता पार्टीले जनयुद्धको विषयमा कमेन्ट गर्नुपर्ने आवश्यकता नै छैन भन्ने हाम्रो सवाल हो भन्दै घुमाउरो पाराले त्यो नर्णय लिएपनि आफूहरु त्यो निर्णय सच्चाउनुप¥यो भनेर कांग्रेसलाई गुहारु नगर्ने बताएका भएपनि त्यो एक किसिमले निर्णय सच्चाउन दिएको दवाव नै थियो । आफ्नो पार्टीभित्र दवदवा राख्दै एकल निर्णय गराउँदै आएका पार्टी अध्यक्ष समेत रहेका दाहाल अब अर्को पार्टीभित्र समेत खेल्न खोजेको कांग्रेसजनहरुको भनाई रहेको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सकराले उपलब्धिमूलक कार्य गर्न नसकेको स्वीकार गरको हुनाले नैतिक रुमपा दाहाल प्रधानमन्त्री पदमा बसिरहन योग्य रहेनन् । दाहालले १४ महिने कार्यकाल हेर्दा जनतामा आशा जगाउने कुनै महत्वपूर्ण कार्य हुन सकेको देखिँदैन भने उनको सरकारको महत्वपूर्ण कार्य भनेको भ्रष्टाचारमा संलगन भएका पूरानो सत्ता गठबन्धनका नेताहरुलाई बचाउने नै रह्यो । ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई बचाइयो सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरारलाई बचाइयो भने अन्य प्रकरणमा संलग्न भएकाहरुलाई बचाउने र अन्य दल र विपक्षी दलका नेता तथा कार्यकर्ताहरुलाई दोष लगाउने पुरानो सत्ता गठबन्धनको प्रवृत्ति दाहाल सरकारमा देखिएको थियो । दाहाल सरकारका मन्त्रीहरु भ्रष्टाचामा संलग्न भएका समाचारहरु प्रकाशित र प्रसारित हुँदै आएका थिए । आफैँले काम गर्न असफल भएको भनेर आरोप लगाएका मन्त्रीहरुलाई पदबाट हटाउन थिएनन् भने ललितपुरको बालकुमारीमा २ जना युवाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएका भनि छानविन समितिले दोषी ठहर गरेको तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई समेत बर्खास्त गर्न सकेका थिएनन् नत उनलाई उनका पार्टी नेकपा एकीकृतले नै फिर्ता बोलाएको थियो ।
प्रतिनिधिसभाको बैठकहरुमा तत्कालिन विपक्षी दलहरुले मात्र नभएर तत्कालिन सत्तापक्षकै सांसदहरुले दोषी ठहर भएका र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुको राजिनामा माग गरिरहँदा समेत प्रधानमन्त्री कानमा तेल हालेर र आँखा बन्द गरेर बसिरहेका हुनाले प्रधानमन्त्री दाहालकै कारण सरकार असफल भएको र आफैँ असफल भएका प्रधानमन्त्री दाहालले आफैँले असफल भएका भनिएका मन्त्रीहरुबाट असल कार्यको अपेक्षा राख्नु किमार्थ उचित हुन सक्दैनथियो । पुरानो सत्ता गठबन्धन टुटेर नयाँ सत्ता गठबन्धन बनेको र सो गठबन्धनमा नेकपा एमाले सहित माओवादी, रास्वपा, जसपा, नेकपा एस समेत सामेल भएको हुनाले अब सो गठबन्धनलाई बचाउन कार्य र जनताका आवश्यकताहरु पूरा गर्ने दायित्व फेरी दाहाल सरकार र सत्ता गठबन्धनको काँधमा गएको छ ।
अहिले दिनहुँ बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा बृद्धि हुँदै गएको छ । दाहाल सरकार रोजगारी बढाउने कार्यमा समेत असफल सावित भएको छ । दाहाल सरकारको ध्यान जसरी भएपनि पुरानो सत्ता गठबन्धनलाई जोगाईराख्ने र पार्टी र व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फमात्र सक्रिय भएकाले जनताले यस्तो सरकारबाट कुनै ठुलो आशा गर्नु निरर्थक रहेको हामीले ठानेका छौँ । हामी कामना गर्दछौँ पुरानो सत्ता गठबन्धन टुटेर नयाँ सत्ता गठबन्धन बनेको हुनाले यो गठबन्धनबाट पनि जनताले आवश्यक सेवा सुविधा पाउन नसकेको खण्डमा पुनः अर्को गठबन्धन बन्न सक्नेतर्फ सत्ताधारी दलहरुको ध्यान जाओस् ।

footer