kumari
stcnepal

भारतको लोकसभा चुनाव २०२४ को मिति घोषणा

दिल्ली । भारतको निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ। लोकसभा चुनाव सात चरणमा हुनेछ। यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ । मार्च २० मा पहिलो सूचना जारी हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ ।

दोस्रो चरणअन्तर्गत मार्च २८ गते अधिसूचना जारी हुनेछ । भोटिङ अप्रिल २६ मा हुनेछ। तेस्रो चरणमा ७ मे, चौथो चरणमा १३ मे र पाँचौँ चरणमा २० मेमा मतदान हुनेछ । छैटौँ चरणमा मे २५ मा मतदान हुँदैछ। जुन १ मा सातौँ चरणमा मतदान हुँदैछ । तीन चरणमा २६ विधानसभा सीटहरूमा उपचुनाव हुनेछ। यो निर्वाचन पनि आम निर्वाचनसँगै हुनेछ ।

लोकसभा चुनावमा ९७ करोड दर्ता मतदाता छन्। १०.५ लाख मतदान केन्द्र छन् । १.५ करोड चुनावी कर्मचारी रहनेछन् । निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिने भएको छ । महिला मतदाताको संख्या ४७ करोड नजिक छ । २०२४ को चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्नेछन् ।एजेन्सी

footer