kumari
stcnepal

अरुणाचल प्रदेश माथि चीनले फेरि गर्‍यो माथि दाबी

अरुणाचल । चिनियाँ सेनाले फेरि अरुणाचल प्रदेशमा आफ्नो दाबी गरेको छ । अरुणाचल प्रदेश चीन ‘आन्तरिक हिस्सा’ भएको उनीहरुले बताएका हुन् । यसअघि चीनले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल भ्रमणको विरोध गरेको थियो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कर्नेल चाङ सियाओगेङले भने, ‘शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र हो। भारतले अवैध रूपमा स्थापित अरुणाचल प्रदेशलाई चीनले विरोध गर्छ । हामीले अरुणाचल प्रदेशलाई कहिल्यै मान्यता दिएका छैनौँ।’

अरुणाचल प्रदेशमा सेला सुरुङ निर्माण गरेर भारतीय सेनाले आफ्नो सेनालाई बलियो बनाउने प्रयास गरेपछि चीनको यो बयान आएको हो । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मानेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च ९ मा अरुणाचल प्रदेशको भ्रमण गरी सेला सुरुङमार्गको उद्घाटन गरेका थिए । यसप्रति चीनले आपत्ति जनाएको थियो ।भारतका लागि रणनीतिक रूपमा महत्वपूर्ण यो सुरुङमार्गको उद्घाटनपछि चीनले भारतको यो कदमले सीमा विवादलाई थप जटिल बनाउने बताएको थियो ।

त्यसबेला पनि चीनले अरुणाचल प्रदेशलाई भारतले गैरकानुनी रूपमा स्थापना गरेकोले आफूले कहिल्यै मान्यता दिन नसक्ने बताएको थियो । यता भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको अरुणाचल प्रदेश भ्रमणमा चीनको आपत्तिको जवाफ दिएको थियो। अरुणाचल प्रदेश भारतको अभिन्न अंग हो भन्ने तथ्यलाई चीनको विरोधले परिवर्तन नगर्ने मन्त्रालयले जनाएको थियो। मन्त्रालयले अरुणाचल प्रदेशमा भारतको विकास परियोजनामा ​​चीनको विरोधको कुनै अर्थ नभएको भएको बताएको थियो।एजेन्सी

footer