kumari
stcnepal

आईपीएलको उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्यो

चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको छ । चेन्नईले ६ विकेटको जीत हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

बैंग्लुरुले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य चेन्नईले मात्र ४ विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो । चेन्नईको जीतमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । उनले १५ बलमा ३ चौका र ३ छक्का हिर्काए । त्यस्तै अजिंका रहानेले २७ रन तथा डेरल मिचेलले २२ रनको योगदान दिए ।

शिवम दुवेले नटआउट रहँदै २८ बलमा ३४ रन तथा रवीन्द्र जडेजाले १७ बलमा २५ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । बैंग्लुरुका लागि क्यामरुन ग्रिनले २ तथा यश दयाल र करन शर्माले १–१ विकेट लिए ।

footer