kumari
stcnepal

नेपालले आयरल्याण्ड एलाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा नेपालले १९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने क्रममा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे। सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।

नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादव ७ रनमा अविजित रहे । यसअघि पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।

footer