kumari
stcnepal

आईपीएल : राजस्थानको लगातार दोस्रो जित

काठमाडौँ । अलराउन्डर रियान परागको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित हात पारेको छ । जयपुरको सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्सले दोस्रो जित सुनिश्चित गरेको हो ।

जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ४४ रन बनाए । ओपनर डेविड वार्नर ३४ बलमा ५ चौका र ३ छक्का सहित ४९, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भए । त्यसअघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । रियान पराग ४५ बलमा ७ चौका र ६ छक्का सहित ८४ रनमा नट आउट रहे । रविचन्द्रन आश्विन २९, ध्रुब्र जुरेल २०, यशस्वी जैसवाल ५, जस बटलर ११ र सञ्जु स्यामसन १५ रनमा आउट भए ।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्किया, अक्षर पटेल र कुलदीप यादवले १–१ विकेट लिए । यता राजस्थानका नान्द्रे बर्गर र युजभेन्द्र चहलले २–२विकेट लिए । आज आइपीएलमा रोयल च्यालेन्जर्स बेंगलूरु र कोलाकत्ता राइटराइडर्स बिच प्रतिस्पर्धा हुनेछ ।

footer