kumari
stcnepal

आयरल्यान्ड ‘ए’ ले नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल लक्ष्य दियो

काठमाडौँ । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको हो ।

आयरल्यान्डका लागि ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाए । केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रनको योगदान गरे । स्टिफन डोहेनीले पनि ३४ रन बटुले । गारेथ डेलानी ३० रनमा अविजित रहे । गाभिन होएले पनि अविजित १८ रन जोडे ।

footer