kumari
stcnepal

आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ सामु जितका लागि २ सय २५ रनको लक्ष्य राख्यो

काठमाडौँ । पिटर मुर र निल रकको विस्फोटक ब्याटिङको मद्दतले आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ सामु जितका लागि २ सय २५ रनको लक्ष्य राखेको छ ।

दोस्रो टी–२० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको हो । आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए ।

कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक पारी खेले । उनले एक चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए ।

footer