kumari
stcnepal

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको लक्ष्य दियो

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले उत्कृष्ट पाली खेल्दै अविजित ९३ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले आक्रामक पाली खेल्दै केवल ४८ बलमा ६ छक्का र सातवटा चौका पनि प्रहार गरे । उनी केवल सात रनका कारण शतक पुरा गर्नबाट चुके । रासिद खानले २४ रन बनाए ।

footer