kumari
stcnepal

बरोडालाई जितका लागि एक सय ५७ रनको लक्ष्य

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबारको खेलमा बरोडालाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले २५ बलमा सर्वाधिक ४० रनको योगदान गरे । उनी अविजित रहे ।

footer