kumari
stcnepal

कुशासकको कुशासन कहिलेसम्म ?

 

राजन कार्की
सुशासन दिन्छु भन्नेहरुले कुशासन दिए । सुशासक बन्छु भन्नेहरु कुशासक बने । सुव्यवस्था कुव्यवस्था बन्यो । संविधान कागजको खोस्टो भइसक्यो । संसद अपराधको मुखुण्डो खोल्ने थलो भयो, अपराध नियन्त्रण गर्न असक्षम सावित भइसक्यो ।
यस्तो पद्धतिलाई अब फाल्नुपर्नेछ । यसका लागि कुशासक पहाड बनेर उभिएका छन्, जनताले कुशासकको पहाडलाई सम्याएर सुशासन ल्याउन जनदण्ड चलाउनै पर्ने भयो ।
राजनीतिक आकाशका अनगिन्ति काला बादलहरूभित्र चाँदीको घेरा हुन्छ । त्यो चाँदीको घेराका रूपमा पहिलो आवधिक निर्वाचनले कुनै छनक देखाउन सकेन, दोस्रो आवधिक निर्वाचनका माध्यमबाट जन्मेको कांग्रेस सहितको माओवादी नेतृत्वको ८ दलीय सरकार १३ महिनामै असफल भएर माओवादी नेतृत्वमै एमालेसहित ५ दलीय सरकारले जनआशा, जनअपेक्षा, राष्ट्रको आवश्यकता सुशासन र समृद्धिको उज्यालो मार्गचित्र कोर्न सक्ला र ? स्वयम् प्रधानमन्त्री पुनः उथलपुथल हुनसक्ने भन्न थालेका छन् ।
समाजवादी कांग्रेस नराम्ररी दिग्भ्रमित छ । क्रान्तिकारी माओवादीको नेतृत्वको सरकारले १४ महिना गफै गरेर बिताएपछि एमालेको काँध चढ्न पुगेको छ । संसदमा कांग्रेसजस्तो ठूलो पार्टी सत्ताको गलत कृयाकलापको होइन, एउटा गृहमन्त्रीलाई फाल्न कसरत गरिरहेको छ । यस्तो पनि कांग्रेस हुन्छ, न भूतो, न भविष्यति ।
प्रजातन्त्रका व्याख्याता अब्राहम लिंकनका अनुसार चरित्र रूख हो, प्रतिभा रूखको छायाँ । यो माओवादी नेतृत्वको सरकारले सुरूमै लोसे चरित्र देखायो, लोसे चरित्रको के प्रतिभा, के उत्साह ? जता हेरे पनि निराशामात्र देखिन्छ । सरकार छ, भ्रष्टका लागि, लुटेराका लागि, ब्यभिचारीका लागि मात्र छ । आमनागरिक नैराश्यतामा छन् ।
पद्धतिमा लागेको संक्रमणको अन्त्य र शान्ति बिना समृद्धि सम्भव छैन । देशलाई भ्रष्टाचारले गालेको छ, कूशासनले ग्रस्त छ, यो सरकारले हरेक दिन हरेक दृष्टिले देश स्वस्थ हुँदैछ भन्ने सन्देश दिनुपथ्र्यो, सकेन । तेस्रो दल भएर पनि एउटा अनुपम अवशर पाएका प्रधानमन्त्री प्रचण्ड राष्ट्रका सामसयामा असली डाक्टर बन्लान् र रोगको जरो पत्ता लगाएर देशलाई स्वस्थ बनाउने ओखतीमूलो गर्लान् भनेको त, शक्तिमान सरकारको नेतृत्व गरेका यिनले पनि त्यो शक्तिलाई सुशासनमा रूपान्तरण गर्ने ल्याकत देखाएका छैनन् । ल्याकत भए पो देखाउन् । राजनीतिलाई माफियाकरण गर्ने र अपराधिक सेटिङमा रमाउनेहरु कुशासक, कुप्रशासक हुन् । सुव्यवस्थालाई बदनाम गरिदिए ।
भाषण मीठा, गुलिया गर्छन् । यिनका भाषण गर्ने शैलीमा आकर्षक छ । देशले काम खोजेको छ, परिणाम खोजेको छ, भाषणले के हुन्छ ? दुश्चरित्र, बिस्फोटक र भाषणले फोहर पारेको देशलाई निर्माण र चरित्र, शान्ति र सुशासनले सुधार्ने चुनौति छ, त्यो चुनौतिसँग सिंगौरी खेल्ने सासहस कसैमा छैन । यसकारण पद्धति कुपद्धति हुनपुग्यो ।
राजनेतामा समाज बदल्ने सोच हुनुपर्छ । राजनेताले हिमालबाट उड्ने डाँफेको जस्तो उद्देश्यमूलक बेग हान्नुपर्छ । सक्षम त्यस्तो नेतृत्वले अवशरको सदुपयोग गर्छ र राष्ट्रिय स्वार्थमा आफूलाई उभ्याएर लक्ष्यभेदन गर्छ । जसरी सिंगापुरमा लीक्वान युले आफूलाई देश निर्माणमा समर्पित गरे । त्यस्तो हुन्छ देशभक्ति, स्वाधीन नेता । नेपाल बन्न नसकेको नेतृत्वको विकास नै नभएर हो । देशमा नेता धेरै छन्, राजनेता छदैछैनन् । नेता पनि भ्रष्ट र अनैतिक । हाम्रा होनहार नेताका मुख शान्ति, समृद्धि र सुशासनतिर छ तर व्यवहार मन सत्तास्वार्थको सीमाबाहिर राष्ट्रिय स्वार्थमा छदैछैन । हाम्रा शासक त शासन होइन, गुण्डागर्दी गरिरहेका देखिन्छन् ।
जनप्रतिमूलक संसद कस्तो ? सांसद कस्ता ? संसदीय सुनवाईमा ५ वटा नागरिकता भएको व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गर्छ । हरेक महत्वपूर्ण पदमा पदासीन व्यक्तिको कि त नागरिकतामा बिबाद छ, कि योग्यतामा । शासनमा यस्तो हुस्सुपन भनेको शासन प्रशासनमा खिया लागिसकेको प्रमाण हो ।
राजनीति चैते हुरीजस्तो छ । डरलाग्दो कुरा त राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, संवैधानिक अंगहरूमासमेत सबैतिर पार्टीकरण गरेर संविधान राष्ट्रमैत्री देखिन्छ कि पार्टीमैत्री ? यहाँसम्म कि राज्य संयन्त्र नै पार्टीकरण गरिएको छ भने पार्टीकरण राज्यसञ्जालले राष्ट्रप्रति उत्तरदायित्व निर्वहन गर्छ कि पार्टीप्रति ? भन्नलाई नेपालको संविधान २०७२ सबैभन्दा उत्कृष्ठ भनिएको छ । निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन भयो भनेर पार्टी पार्टीले खुशीयाली मनाइएको छ । तर, संविधान दिवस प्रहरी, सेना र स्कूले विद्यार्थीका सामु राष्ट्रपति, प्रधानमन्त्रीले परेवा उडाएर मनाउँछन्, जनताको सहभागिता नै हुँदैन । लोकतन्त्र दिवसमा पनि लोक देखिदैनन्, यस्तै राज्य सञ्जालको हुल जम्मा भएर परेवा उडाउँछन् र साँझ खुशीयालीको जलपान भनेर महँगा मदिरा र भत्तेर खान्छन् ।
जोगीले आतुर भोज खाएर मर्न चाहेजस्तै नेतृत्व आतुर भएर भ्रष्टाचार गरिरहेका छन् ।
लोक कता छन्, कुन हालतमा छन्, नेतृत्वलाई पत्तै छैन । चुनाव आएपछि लोक देख्ने, लोकलाई लोभलालचमा पारेर भोट लिने अनि भ्रष्टाचार गर्ने, यिनको चरित्र यही हो । लोकले आत्मसात नगरेको र लोक सहभागिता नदेखिएको लोकतन्त्र दिवस, क्रुर ठट्टा भन्दा भिन्न छैन । तैपनि ठूला दल, सत्ताधारी बनेका दलहरूले यस्तै तमासा देखाइरहेका छन् । लोकतन्त्र प्लास्टिकको गुलाफजस्तो छ ।
पीडित पीडामा छन् । राहत दिन, न्यायमा चल्न चलाउन कोही तैयार छैनन् । जनयुद्धकालीन न्याय स्थापित हुनसकेको छैन । टीआरसी बिधेयक पारित गर्ने र न्याय सम्पादन गरिनेछ भनेर पार्टीहरू तातेका छन् । तर पास हुने सम्भाबना छैन । पीडितहरूले न्याय र पीडकले दण्ड पाउने समभाबना कमै छ । अन्तर्राष्ट्रिय कानुनको दृष्टिमा नेपाल दण्डहीन मुलुक हो । २०७३ सालको जेठमा यिनै ओलीले सूचना पाएर नरोकेको भए प्रचण्ड अष्ट्रेलियाको जेलमा हुन्थे । जर्नेल कुमार लामालाई ९ महिना बेलायतमा थुनियो । अहिले पनि जनयुद्धका मुद्दाहरूमा विश्व मानवाधिकारवादी संस्थाहरूले नेपालबारे अन्तर्राष्ट्रिय ट्रिव्यूनल बनाउन सक्ने खतरा टरेको छैन ।

माओवादी केन्द्रसँग एकीकरण गरेर र आफै गुमनामी बनिसकेको बेपत्ता तथा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई सक्रिय पारेर तिनै आयोगको काँधमा बन्दुक राखेर फौजदारी लगायतका सबै जनयुद्धकालीन मुद्दाहरू आममाफी भनेर फस्र्यौट गर्ने र पीडितलाई राज्यकोषबाट क्षतिपूर्ति दिलाउने साजिस जारी नै छ । मानवाधिकारवादीहरूको आरोप बुझेका नेपाली नेताहरूले माओवादीका सम्पूर्ण अपराधहरूलाई माफी दिलाउन सक्लान् ? अन्तर्राष्ट्रिय जगतलाई कसरी कुरा बुझाउन सक्छन् र ? यही मामिला नेपालमाथि अन्तर्राष्ट्रिय हस्तक्षेपको कारण नबनोस्, हामी हेक्का
राष्ट्रका सामु जटिल समस्या र जोखिमयुक्त परिस्थिति विद्यमान छ । लोकतान्त्रिक चरित्र छ भने केही गर्ने बेला यही हो । समय घर्केपछि थाप्लोमा हात राखेर पछुताउनु बाहेक केही बाँकी रहनेछैन ।

 

footer