kumari
stcnepal

आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हरायो

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हराएको छ ।

जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा ‘क्लिन स्विप’ पनि गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३९.४ ओभरमा अलआउट हुनुअघि दुई सय १५ रनमात्र बनाउन सक्यो ।

footer