kumari
stcnepal

कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामालाई बटमलाइन् बनाउने

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानिबन समिति गठनको विषयलाई बटमलाइन नै बनाउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले छानबिन समितिको अडानबाट पछाडि नहट्ने निर्णय गरेको जानकारी सहमहामन्त्री जीवन परियारले दिए । ‘नेपाली कांग्रेस सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको एजेन्डाबाट पछाडि हटेको छैन,’ परियारले भने, ‘कांग्रेस बैठकले समिति गठनलाई बटमलाइन बनाएको छ ।’

भोलिको संसद् बैठकलाई लक्षित गरी सभामुखले सोमबार दिउँसो बोलाएको छलफलमा पनि कांग्रेसको यही अडान रहने उनले जानकारी दिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता देखिएको भन्दै छानबिनको माग गर्दै आएको छ । सभामुख देवराज घिमिरेले आज दिउँसो साढे २ बजे बैठक बोलाएका छन् । सो बैठकमा कांग्रेसबाट सभापति देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुने पार्टीले जनाएको छ । यस्तै, कांग्रेसले भोलि बिहान बस्ने गरी संसदीय दलको बैठक पनि बोलाएको छ ।

footer