kumari
stcnepal

सूनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६०० ले बढेर १ लाख ३६ हजार २०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

footer