kumari
stcnepal

कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाए

काठमाडौँ । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

सोमबार दिउँसो उनीहरुले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् । खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले राजीनामा बुझाएका हुन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

footer