kumari
stcnepal

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष पत्राचार गरे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष पत्राचार गरेका छन् ।

मुख्यमन्त्रीले २०८१ जेठ ११ गते प्रदेशसभाको नियमित बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पत्राचार गरेका हुन् ।यसअघि प्रदेश प्रमुख कार्यालयले मिति गल्ती रहेको पाइएपछि पत्र फिर्ता पठाएकामा पुनः सच्याएर पठाएसँगै दर्ता गरिएको हो ।

पहिलो पत्र प्रदेश प्रमुखले खोलेर हेर्दा पुरानो मिति राखेको पाइएपछि पत्र नमिलेको भन्दै फिर्ता फिर्ता भएको थियो । यसैबीच नयाँ समीकरणमा रहेका एमाले र माओवादीलगायतका दलहरुले भने विशेष अधिवेशन आह्वानका लागि आग्रह गरिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् । कोशीमा एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

footer