kumari
stcnepal

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहान ७ः३० बजे र संसदीय दलको बैठक आजै बिहान ८ः०० बजे नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ ।

सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेपछि पार्टीले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै समसामयिक विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

footer