kumari
stcnepal

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड – अध्यक्ष ओली बिच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । अध्यक्ष ओली बिहीबार झापाबाट एयरपोर्ट हुँदै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

मन्त्रिपरिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ओली प्रचण्ड छलफलमा बसेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा लफडा परिरहेका बेला प्रचण्ड र ओली छलफलमा जुटेका हुन् ।

footer