kumari
stcnepal

राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खरेललाई आयोगको सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

हाल आयोगको कायममुकायम सचिव रहेका खरेल दोस्रोपटकको सिफारिसमा सचिवमा नियुक्त भएका हुन् । गतसाता राष्ट्रिय मानवअधिकार आयोगले उनलाई सचिवका लागि पुनः सिफारिस गरेका थियो । खरेललाई यसअघि १३ कात्तिकमा आयोगले मानवअधिकार सेवातर्फको विशिष्ट श्रेणीको सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रक्रिया नमिलेको भन्दै आयोगलाई पुनः सिफारिस गर्न भनेको थियो । फेरि आयोगले पुरानै प्रक्रियालाई नै पछ्याएर खरेलको मात्रै नमा सचिव बढुवाका लागि सिफरिस गरेको थियो ।

footer