kumari
stcnepal

एमाले प्रतिनिधि परिषदको बैठकमा २ हजार ४ सय ५४ को सहभागीता हुने

काठमाडौं । प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने नेकपा एमालेले जनाएको छ । पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर एमालेले परिषद्को बैठकको तयारी पूरा जनाएको हो ।

ललितपुरको सनराइज हलमा दुई दिनसम्म चल्ने बैठक चल्ने केन्द्रीय सदस्य नीरज आचार्यले बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुनेछन् ।

राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी र निकायहरूका समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने भएकाले परिषद् बैठकको ऐतिहासिक महत्त्व रहेको एमालेले जनाएको छ ।

footer