kumari
stcnepal

वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले आजै सम्पन्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा सो निर्णय गरेको हो । आयोगले मतदान हुने दिने विभिन्न कार्यहरू गर्न बन्देज गरेको छ । मतदानका दिन के-के गर्न पाइँदैन ? हेरौँ:

उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्‍याउन नहुने
दफा ५ बमोजिम मतपत्रको दुरुपयोग गर्न नहुने
दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकार विना मतदान गर्न नहुने, दफा ८ बमोजिम पटक पटक मतदान गर्न नहुने
दफा ९ बमोजिम मत सङ्केत सार्वजनिक गर्न नहुने
दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुने
दफा ११ बमोजिम मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने
दफा १२ बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने
दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकुल हुने गरी कुनै पनि कार्य हुन नदिने र कहीँ कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र जानकारी गराउने आयोगले निर्देशनसमेत जारी गरेको छ ।

कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था आउन नदिन मुख्य निर्वाचन अधिकृत मार्फत, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई र जिल्ला सुरक्षा समिति मार्फत मतदान केन्द्र तथा घुम्ती टोलिमा खटिने सुरक्षाकर्मीहरूलाई निर्देशन दिन गृह मन्त्रालयमार्फत लेखि पठाउने निर्णय भएको उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयले जानकारी दिए ।

footer