kumari
stcnepal

सहकारी ठगी गरेर भागेकाहरूको सम्पत्ति बेचेर भएपनि वचतकर्ताहरूको फिर्ता गरिने छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगेर भागेकाको सम्पत्ति बेचेर भएपनि बचतकर्ताको बचत फिर्ता गर्ने बताउनुभएको छ । इलाम-२ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले पीडितको बचन फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने घोषणा गर्नुभएको हो । कानून संसोधन गरेर भएपनि सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना वचतकर्ताको तिर्न सुरु गरिने उहाँले स्पष्ट पार्नुभयो ।

यसकाबारेमा आफूले प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विपक्षीहरुले सहकारी ठगीबारे हल्ला गर्दै हिँड्नुभयो, हामी काम गर्दैछौं । चाँडै नै नीति ल्याएर, कानूनमा आवश्यक संसोधन गरेर सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना वचतकर्ताको तिर्न सुरु गरिने छ । यो कुराको जानकारी प्रधानमन्त्रीलाई गराएको छु । म यत्तिकै यहाँ आएर बोलेको होइन, प्रधानमन्त्री भनेको छु कि हामी गर्छौं । अहिले कानूनले अप्ठेरो परोको छ । सम्पत्ति विभिन्न मान्छेका नाममा राख्ने अनि आफ्नो नाममा छैन भनेका छन् । तीनको नाममा छ कि छैन हामी खोज्छौं । भाञ्जाका नाममा, भतिजका नाममा, सालासालीका नाममा देशमा विदेशमा कसका नाममा राखेको छ, सम्पत्ति सुद्धिकरण विभागले खोज्नेछ । हिजोसम्म चप्पल पड्काउनेको टोपी खस्ने महल कसरी भयो ?’ ।

footer