kumari
stcnepal

राष्ट्रपति पौडेल र कतारी राजा थानी बीच शितल निवासमा भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायल-हमास युद्धमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीबारे कतारका अमिरसँग चासो व्यक्त गरेका छन् । गत अक्टोबरदेखि प्यालेस्टाइनको गाजा क्षेत्रमा चलेको युद्धमा परी जोशी बेपत्ता भएका थिए । त्यसयता उनी सम्पर्कमा छैनन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी इजरायल-हमास युद्ध रोक्न सक्रिय नेता हुन् । उनले कतिपय सन्दर्भमा दुई देशबीच मध्यस्थतासमेत गरेका छन् । राष्ट्रपति पौडेलको जवाफमा कतारका अमिरले जोशीबारे आफू जानकार रहेको र उनको खोजी भइरहेको बताएका थिए ।

राष्ट्रपति पौडेलका सल्लाहकार किरण पौडेलले जोशीसँगै मध्यपूर्वमा देखिएको द्वन्द्वबारे पनि राष्ट्रपति पौडेलले चासो देखाएको बताएका छन् ।

footer