kumari
stcnepal

बझाङ : एमालेलाई उछिन्दै नेपाली कांग्रेसको अग्रता

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २० हजार ३३ मत गन्दा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् ।

footer