kumari
stcnepal

बझाङ–१ प्रदेश सभामा नेकपा एमालेले अग्रता कायम

बझाङ । बझाङ–१ प्रदेश सभामा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

२८ हजार ५६८ सदर मत गन्दा एमालेले ३४२ मतको अग्रता बनाएको हो । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत ल्याएका छन् ।

footer