kumari
stcnepal

सहकारी ठगीमा राप्रपा सांसद गीता बस्नेत फरार, अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडौँ । सहकारी ठगीमा  राप्रपाकी एक सांसद मुछिएकी छन् । राप्रपा सांसद गीता बस्नेत माथि नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको हो ।

बस्नेत सहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेकोमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एक अधिकृतले पुष्टि गरे ।सांसद सहितको समूहले डेढ करोड हिनामिना गरेको देखिएको छ भने सो रकम गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ ।

सांसद बस्नेत अहिले फरार रहेको प्रहरीको भनाइ छ । बस्नेत समानुपातिकबाट राप्रपाको सांसद बनेकी हुन् ।

footer