kumari
stcnepal

ललितपुरको वनमा डढेलो, अर्का घाइतेको पनि निधन

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ ।

गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । मंगलबार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो । सोही ढडेलो निभाउन जाँदा घाइते भएका ३५ वर्षीय शंकर पहरीको मंगलबार मृत्यु भएको थियो ।

ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ । ललितपुर प्रहरीका अनुसार डढेलो अझै नियन्त्रणमा आइसकेको छैन ।

footer