kumari
stcnepal

जनताको नजर कांग्रेस–एमालेमै, उपनिर्वाचनको परिणामले रास्वपा र एकीकृत समाजवादीलाई संकट थपियो

काठमाडौ । हालै सम्पन्न भएको इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा (१) क मा भएको उपनिर्वाचनको परिणामले आगामी दिनमा पनि नेपाली कांग्रेस र एमालेबीचमै प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ र ०७९ मा भएको निर्वाचनमा दलहरुले गठबन्धन गरेर निर्वाचनमा गएका हुनाले कुन दलको क्षमता कति थियो भनेर यथार्थ मूल्यांकन हुन सकेको थिएन । यस पटकको उपनिर्वाचनमा दलहरु एक्लाएक्लै निर्वाचनमा गएका हुनाले स्वच्छ प्रतिस्पर्धा नै भएको छ । यस निर्वानको परिणामले नयाँ र केही क्षेत्रीय दलहरुको भविष्य सुखद हुन नसक्ने देखिएको छ ।
उपनिर्वाचनमा गएका अधिकांश दलका उम्मेदवारहरुको जमानत समेत जफत भएको छ । रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी लगायतका दलका उम्मेदवारहरु कसैले पनि जमानत जोगाउन सकेनन् । राजनीतिक धरातल नै नभएकाहरुले बोलैकै आधारमा कतिन्जेल राजनीति गर्न सक्दा रहेछन् यो उपनिर्वाचनको परिणामले नै देखाएको छ । एउटा निर्वाचन लडेर केही सिट जित्न सफल भएकै भरमा त्यही सिटलाई देखाएर सत्ताको दुरुपयोग गरेर आफूले आफैँलाई धोका दिँदै आम नागरिक माथि धोका दिँदै आफैँले आफूलाई निर्दोष सावित गराउँदा जनताले कसरी दण्डित गराउँदा रहेछन् भन्ने प्रमाण उपनिर्वाचनले दिएको छ । सत्ताको बलमा अरुलाई गाली गर्दै आएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई समेत यो उपनिर्वाचनल राम्रो प्रमाण दिएको छ ।
उनको पार्टीका उम्मेदवारले इलाम र बझाङ दुवै क्षेत्रमा जमानतसम्म जोगउान सकेनन् भने इलाम २ मा त ४०४ मत मात्र उम्मेदवारले ल्याउन सके । इलाम एकीकृत समाजवादीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला समेत हो । शर्वनाक हार व्यहोरेपछि पनि केही नयाँ र केही पूराना दलहरुमा चेत नआएको खण्डमा २०८४ मा हुने आम निर्वाचनमा उनीहरुको अवस्था कस्तो होला ? अब उनीहरुले जनतालाई के आश्वासन दिने ?
२०७९ मा सम्पन्न भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा गएका दलहरुले एक्लाएक्लै निर्वाचनमा गएका भए नेपााली कांग्रेस र एमालेले नै धेरै सिटमा जित हाँसिल गर्न सक्थे तर सत्ताको दुरुपयोग गर्दै नेकपा एमालेलाई एक्ल्याउने रणनीतिक उदेश्यका साथ कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमोर्चा लगायतका दलहरु निर्वाचनमा गएका भएपनि एकीकृत समाजवादी पार्टी आफ्नै बुतामा राष्ट्रिय पार्टीसम्म बन्न सकेनन् भने गठबन्धनकै बलमा संघीय संसदमा १० सिट र केही प्रदेशसभाहरुमा केही सिट जित्न सफल भयो । एकीकृत समाजवादीले त्यही १० र केही प्रदेशसभामा रहेका केही सिटलाई देखाएर सत्ता स्वार्थमा लागि रहेकाले गर्दा जनताले उसलाई विश्वास गर्न सकेनन् ।
नेपाली कांग्रेसको विधान अधिवेशनले निर्वाचन अघि कुनै प्रकारको गठबन्धन नगर्ने निर्णय गरिससकेको छ भने नेकपा एमालेले समेत गठबन्धन नगरि आफैँ बल र बुत्तामा निर्वाचनमा जाने निर्णय गरिसकेको हुनाले साना दलहरुको भविष्य अन्धकार हुने प्रायः निश्चित जस्तै रहेको छ । अहिलेको उपनिर्वाचनको परिणाम हेरेर अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने र स्थिर सरकार दिनुपर्ने आवश्यकता देखिएको छ । यदि त्यसो भएमा साना दलहरुको दोकान बन्द हुने भएकाले गर्दा आ आफ्नो पार्टीगत स्वार्थलाई त्यागेर मुलुक र जनताको हितमा लाग्नु कांग्रेस र एमालेको दायित्व समेत हो ।
२०७९ मा भएको निर्वाचनमा २० सिट जित्न सफल भएको रास्वपाले इलाममा जमानत सम्म जोगाउन सकेन भने पहिचानवादीहरुलाई समेत जनताले पत्याउन सकेको देखिएन । उही पुरानै दल नेकपा एमाले र कांग्रेसलाई नै जनताले पत्याए । इलाममा माओवादी केन्द्रले त उम्मेदवारसम्म उठाउन नसकेर एमालेलाई सघाएको थियो । त्यस कारणले गर्दा माओवादीको इज्जत जोगिएको छ । उसको हैसियत कति भन्ने त्यहाँ देखिएको छैन ।
यस पटकको उपनिर्वाचनमा जनतामा खासै उत्साह समेत देखिएन । संघीय सरकारमा मन्त्रिपरिषद् पटक टक परिवर्तन हुनु प्रधानमन्त्री पुष्पकमल दाहालले कहिले एमाले र कहिले कांग्रेससँग सत्ता समिकरण गर्नु र राजनीतिक अस्थिर चरित्र देखाउँदै आएका हुनाले जनतामा उत्साह नदेखिएको प्रष्ट भएको छ भने नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई समेत जनताले पत्याउन सकेनन् त्यसको प्रत्यक्ष प्रमाण हो इलाम ।
ठुला ठुला उडन्ते गफ गरेकै भरमा जनताले पत्याउँदा रहेछन् भन्ने प्रमाण इलाम र बझाङमा कांग्रेसका उम्मेदवारहरुको पराजयले नै प्रमाणित गरेको छ । बझाङ १ (क) कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी सबैले उम्मेदवार उठाएका थिए तर जित एमालेको भयो । एकीकृत समाजवादीले एमालेका उम्मेदवारलाई हराउन उम्मेदवार खडा गरेको भएपनि उनले जमानत सम्म जोगाउन सकेनन् । यी सबै प्रकरणहरुले गर्दा एकीकृत नेकपा एमालेलाई विभाजन गरेर कांग्रसको शरणमा पुगेका माधव नेपाललाई संकट बढ्दै गएको प्रष्ट भएको छ ।

footer