kumari
stcnepal

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बीच सिहदरवारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रचण्ड र ओली बिच भेटवार्ता भएको हो । उनीहरुबीच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत वैशाख १५ मा सम्पन्न इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ । इलाम–२ मा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो ।

footer