kumari
stcnepal

नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेष्टइण्डिज ए ले पाँचौं तथा अन्तिम टी–२० खेलमा घरेलु टोली नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो ।

वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्का सहित ४२ रनमा नट आउट रहे । रोस्टन चेसले २३ बलमा ५चौका सहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११-११ रन बनाए ।  नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।
footer