kumari
stcnepal

प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने बीच करिब तिन घण्टा वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच तीन घण्टा वार्ता भएको छ ।

तीन जना शीर्ष नेताहरू बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको नाम मुछिएको सहकारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ।

अधिवेशन सुरू हुनुअघि नै समिति गठनबारे निष्कर्ष निकाल्ने प्रधानमन्त्रीले प्रयास गरिरहनुभएको छ ।

footer