kumari
stcnepal

वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने : एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीको भूमिका संसद्‌मा प्रभावकारी बनाउने निर्णय गरेको सांसद शेरबहादुर कुँवरले बैठकपछि बताए । ‘अधिवेशनमा संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका बारेमा सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको छ’, कुँवरको भनाइ छ ।

साथै बैठकले संसद् बैठकमा जनसरोकारका विषय सशक्त ढङ्गले उठान गर्दै कानुन निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै एकीकृत समाजवादीले जसपा विभाजनपछि पार्टी फुटको हल्ला निराधार रहेको र सबै सांसदहरू कतै नगएको भन्दै पार्टी एक ढिक्का भएको ठहर गरेको छ ।

footer