kumari
stcnepal

पार्टीले निर्णय गरे अनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने छ : अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीले निर्णय गरे अनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

गए राति अमेरिकाबाट कतार हुँदै नेपाल आइ पुगेका अध्यक्ष यादवले एयरपोर्टमा आफ्ना पार्टीका नेताहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् । एयरपोर्टमा स्वागतका लागि पुगेका नेताहरूसँग अनौपचारिक कुराकानीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेको छ, त्यो नरोकिने बताएका थिए ।

जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसको तयारी चलिरहेको बेला अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको छ । अशोक राईले जनता समाजवादी पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेको छन् । जसपा नेपालमा १२ जना सांसद छन् । त्यसमध्ये सात जना सांसदले अशोक राइलाई साथ दिएका छन् भने पाँच जना उपेन्द्र यादवको साथमा रहेका छन् । आज उनले पार्टीका सांसद तथा शीर्ष नेताहरूलाई पार्टी कार्यालयमा बोलाएका छन् । पार्टीमा भएको पछिल्लो घटना तथा महाधिवेशनलगायतको विषयमा छलफल गरिने बताइएको छ ।

footer