kumari
stcnepal

विश्व बैंकले नेपाललाई पौने ११ अर्ब त्रृण दिने

काठमाडौं । विश्व बैंकले नेपालका लागि थप ८ करोड (१० अर्ब ६९ करोड रुपैयाँ) अमेरिकी डलर बराबरको विकास नीति ऋण स्वीकृति गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व बढाउन, वित्तीय साधनको विविधीकरण र वित्तीय सेवामा पहुँच बढाउन यो सहायता प्रयोग गरिने भएको छ । यो सहायता परिचलानबाट नेपालको बैंकिङ तथा बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महिला उद्यमीलाई केन्द्रित गर्दै प्रविधि र वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालनमा यो सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ । यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्ने भन्दै नेपाल, श्रीलंका र नेपालका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोसले नेपालको आर्थिक वृद्धिमा समेत सहायता उपयोगी सावित हुने बताएका छन् ।

footer