kumari
stcnepal

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद र जरिवानाको फैसला

काठमाडौँ । विशेष अदालतले नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार भएको ठहर गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ । विषेश अदालतले पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको हो ।

पौडेललाई अदालतले बिगो, जरिवाना र कैद हुने फैसला सुनाएको छ । विशेष अदालतबाट वैशाख ७ गते भ्रष्टचार मुद्दामा दोषी ठहर गर्ने फैसला मात्र सुनाएको थियो । मंगलबार विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरेको हो ।

पौडेललाई २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने ठहर गरिएको छ । अब उनीबाट करिब ४६ करोड ५४ लाख रुपैयाँ असुल गरिनेछ । पौडेलविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दा भने विचाराधीन छ ।

footer