kumari
stcnepal

को बन्लान् काग्रेसका सभापति देउवाले जिते चुनावमा जाने

काठमाडौँ । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसको १४ औ महाधिवेशन आजवाट (२४ गते ) सुरु भएको छ । यस अघि सम्पन्न भएको नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका महाधिवेशनहरु समेत विवादमुक्त हुन सकेनन् । त्यसैले गर्दा काग्रेसको महाधिवेशन पनि विवादमुक्त हुन सक्ने सम्भावना न्यून नै रहेको छ । हरेक राजनितिक दलहरु भीत्र रहेका गुट उपगुटहरु नै विवादका जड रहेका छन् । एउटै राजनितिक दल भीत्र रहेका गुट उपगुटहरुको नेतृत्वले समायोजन गर्न नसके कैे कारण यस भन्दा अघि पनि दलहरु विभाजित हुदै आएका थिए । खास गरेर मुलुककै आफुलाई लोकतन्त्र पार्टीको मसिया ठान्ने नेपाली काग्रेस भीत्र रहेका गुट उपगुटहरुको सिको अन्य दलहरुले सिकेका हुनाले हरेक राजनितिक दलमा एकमत हुन नसकेको र पार्टीगत स्वार्थ भन्दा पनि व्यक्तिगत स्वार्थलाई ध्यानमा राखिएको हुनाले राजनितिक परिर्वतन भएपनि जनताले त्यस्को स्वाद चाख्न पाएका छैनन् । जनताको इच्छा, आकांक्षालाई दलहरुले वुझ््नु पर्नेमा दलहरुको इच्छा आकांक्षा जवजस्र्ती जनतालाई लादन खोजेको हुनाले राजनितिक दलहरुका महाधिवेशनप्रति जनताको खासै चासो देखिएको छैन ।

नेपाली काग्रेसका सभापति एव् प्रधानमन्त्री शेरहादुर देउवा पुन एक पटक सभापति वन्न चाहिरहेका छन् । काग्रेसका तल्लो तहवाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि चुनीएकाहरु मध्यका देउवापक्षकै बढी देखिएका छन् । त्यही कारणले गर्दा देउवा आफुलाई सभापति वन्नेमा ढुक्क रहेको वताई रहेका भएपनि उनले समेत आफ्नो पक्षबाट महामन्त्री ,सहमहामन्त्रीका धेरै आकाक्षी रहेकोले पदाधिकारीहरुको घोषणा गर्न सकिरहेका छैनन् भने संस्थापन इतर पक्षका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला वीचमा एकमत हुन नसक्दा उनीहरुले समेत सभापति सहितका अन्य पदाधिकारीहरुको घोषणा गर्न सकिरहेका छैनन् ।

पछिल्लो समयमा प्रकाशमान सिह र डा. शेखर कोइराला सभापतिको उम्मेदवार को बन्ने भन्न मै सस्थापन इतर पक्षमा विवाद रहेको छ । महामन्त्री शशाक कोइरालाले रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बन्ने भएमा आफुले सभापतिको दावेदार छोड्ने अभिव्यत्ति दिएका भएपनि अन्यनेताहरु पौडेललाई सभापतिमा स्वीकार गर्ने पक्षमा नदेखिएका र सिह र कोइरालाले दावी नछोडेका हुनाले इतर पक्षलाई सभापतिका मात्र होइन पदाधिकारीमा नै उम्मेदवार छान्न फलामाको च्युउरा चपाउन सरह भएको छ ।

पार्टीको १३ औ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका कृष्णा प्रसाद सिटौला भने अहिले चुपचाप रहेर दुवै पक्षको विचमा रहेका छन् । त्यसै गरी सभापतिको उम्मेदवारको घोषणा गरेका विमलेन्द्र निधि समेत चुपचाप नै रहेका हुनाले यदि संस्थापनपक्ष र इतर पक्षवाट मात्र उम्मेदवार रहेका खण्डमा सिटौला र निधि नै निणर्यक वन्न सक्ने अवस्था देखिन्छ । निधिले सभापतिको उम्मेदवारी दिएमा पहिलो चरण कसैले पनि काग्रेसको विधानमा रहेको व्यवस्थानुसार ५१ प्रतिशत मत ल्याउन सक्ने सम्भावना देखिएको छैन । शेखर कोइराला र प्रकाशमान वीचमा सहमति नभएको खण्डमा र दुई भन्दा बढी सभापतिका उम्मेदवार रहेको अवस्थामा दोस्रो पटक सभापतिको निर्वाचन हुने पक्कापक्की जस्तै देखिएको छ । संस्थापन इतर पक्षकोे जस्तो अवस्था संस्थापन पक्षलाई नभएपनि पदाधिकारी छान्नको लागि भने सभापति देउवालाई महाभारत जस्तै भएको छ ।

काग्रेसले आफुलाई मुलककै ठूलो लोकतान्त्रिक पार्टी भने पनि उस्को व्यवहार भने लोकतन्त्रिक देखिएको छैन । कानुनी रुपमा एक जस्तो देखिएपनि व्यवहारिक रुपमा काग्रेस समेत टुक्राटुक्रामा विभाजित देखिएको छ । काग्रेसको महाधिवेशनमा पनि निति सिद्धान्तको विषयमा कुनै छलफल र वहस नहुने भएकोले गर्दा काग्रेसको महाधिवेशन पनि वैधानिकता जोगाउनैका लागि मात्र सिमित भएको प्रमाणित हुने भएको छ । दलहरुले आ आफ्नो पार्टीको निति विचार कार्यकता वीचमा कुनै छलफल र वहसै नचलाएका हुनाले सबै पार्टीहरु विचार सुन्य रहेको आरोप दलहरुमाथीमा लाग्दै आएको छ । त्यति हुदाहुदै पनि देउवाले फेरि चुनाव जिते तत्काल चुनावमा जाने सम्भावना बढेको छ ।

footer