kumari
stcnepal

जिप्रका काठमाडौंको इजाजत पत्र लिएका हातहतियारको नवीकरण गर्न निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले इजाजत पत्र लिएका हातहतियारको नवीकरण गर्न निर्देशन जारी गरेको छ । बुधबार सूचना जारी गर्दै कार्यालयले हतियारसहित स्वयम् उपस्थित भएर नवीकरण गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासनबाट हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति, संस्थाहरूले प्रत्येक वर्षमा नवीकरण गर्नुुपर्ने व्यवस्था छ । कतिपय व्यक्ति, संस्थाले नवीकरण नगराएको कार्यालयले जनाएको छ । पाँच वर्षसम्म नवीकरण नभएका हतियार जफत हुने कानुनी व्यवस्था रहेको पनि जिप्रकाले उल्लेख गरेको छ ।

footer